बाराको आदर्शकोतवाल गाउँपालिकामा अज्ञात समूहले गोली प्रहार गर्दा एक शिक्षकको मृत्यु भएको छ।
वडा नं २ निवासी रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहालाई अज्ञात समूहले गोली प्रहार गरेको थियो। गम्भीर घाइते भएका कुशवाहाको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आक्रमणकारी समूह अहिले फरार रहेको छ, र प्रहरी घटनाको अनुसन्धान गरिरहेको छ।


