बलेफी गाउँपालिकालाइ पुर्ण खोप पालिका घोषणा : दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

बलेफी गाउँपालिकालाइ पुर्ण खोप पालिका घोषणा : दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले आज एउटा समारोहका बिच पूर्ण खोप सुनिश्चितता पछि दिगोपना भएको घोषणा गरेको छ ।

यस कार्यक्रमको अध्यक्षतामा बलेफी गाउँपालिकाका अध्यक्ष तथा पालिका पुर्णखोप समन्वय समितिका संयोजक श्री गङ्गा बहादुर तामङ ज्यूले आज शुक्रबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन्।  


गाउपालिकाले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पालिका उपाध्यक्ष श्री सरु लामा तामाङ , बिशिस्ट अतिथिहरुमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रेवन्त दहाल, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख श्री दुर्गा बजगाई तथा अतिथिहरुमा पालिकका वडाध्यक्ष ज्यूहरु,शिक्षा शाखा प्रमुख,पत्रकारहरु, पालिकाका शाखा प्रमुख तथा प्रतिनिधि ज्यूहरु साथै महिला स्वास्थ्य स्वयं सेबिकाहरु, स्वस्थ्य संस्था प्रमुख/प्रतिनिधिहरु र अन्य थुप्रै विभिन्न क्षेत्रका बुद्धिजिबिहरुको भब्य उपस्तिथिताका साथमा पुर्णखोप सुनिस्चितता तथा दिगोपना कार्यक्रम सम्पन्न भएको बलेफी गाउपालिका स्वास्थ शाखाका प्रमुख , जनस्वास्थ्य अधिकृत चेतन घिमिरेले दर्पन आवाजलाई जानकारी दिनु भयो।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा पालिकामा बैठक गरि उपयुक्त महिनामा खोप दिने व्यवस्था मिलाएको छ साथै सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *