सर्लाहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। बागमती नगरपालिका-३ का ६० वर्षीय रत्न बहादुर डिमडिम, जो बरहथवा नगरपालिका-९ पैतालिस बिघामा डेरा गरी बस्दै आएका थिए ।
शुक्रवार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका डिमडिम चापाकलमा मोटर चलाएर नुहाउने क्रममा अचानक विद्युत सर्ट हुँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा रहेका डिमडिमलाई उपचारको लागि नवजिबन अस्पताल बरहथवामा लगिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाको पुष्टि गरेको छ।


