नेपाली कांग्रेसले गृहमन्त्रीको हिंस्रक आचरणप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै

काठमाडौं । नेपाली कांग्रेसले हिजोको संसद बैठकमा गृहमन्त्री रवि लामिछाने हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै त्यसप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय गरेको छ। कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्।

साथै गृहमन्त्री लामिछानेविरुद्ध थप रणनीति बनाउन विपक्षी दलहरुको बैठक संसद भवनमा बसिरहेको छ। आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न र लामिछानेविरुद्ध थप रणनीति तय गर्न बैठक बसेको हो।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन्। उनलाई विश्वासको मत लिन नदिने विपक्षी दलहरुको तयारी छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *