ललितपुरको नवराज गुरुङको घरबाट सुन, चाँदी, नगद र आइफोन जस्ता वस्त्रहरू चोरी भएको आरोपमा ६ जना पक्राउ परेका छन्।
पक्राउ परेका मध्ये रामेछाप दोरम्बा, कमल थापा, धनलाल थापा, सुवास सुनार, रेशम बिक, योगेश डाँगी र मोहम्मद समिर रहेका छन्।
पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन् । उनले चोरी भएको बोबाइल किनबेच गरेको प्रहरीको भनाइ छ । समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् । चोरीका आरोपीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको छ।



