लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा बन्द

भारतमा हुन लागेको लोकसभा निर्वाचनको कारणले जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन्।बिहार राज्यको मधुबनी जिल्लामा जेठ ७ गते लोकसभा निर्वाचन हुने भएकोले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सीमा जिल्ला समन्वय समितिले ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा बन्द गर्ने निर्णय गरेको हो।

यस निर्णयले निर्वाचनको समयमा सुरक्षा व्यवस्थापनलाई मद्दत पुग्ने अपेक्षा गरिएको छ।नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै भंगहा–जनकपुर–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिनका लागि बन्द रहने जानकारी गराएको छ।

कार्यालयले सम्बन्धित सबै पक्षलाई यसबारे जानकारी दिन आग्रह गरेको छ।रेल सेवा बन्द भएपछि ८ गते मंगलबार देखि उक्त खण्डमा साविक बमोजिम नै नियमित रूपमा रेल सेवा सञ्चालनमा आउने जानकारी प्राप्त भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *