काश्मिरमा फसेका ११ जनालाई सर्लाही ल्याइयो, ईश्वरपुरका मात्रै ९ जना

काठमाडौँ : भारतको काश्मीरबाट उद्धार गरिएका नेपाली श्रमिक आज नेपाल आइपुगेका छन्। उनीहरू दिल्ली हुँदै आज सर्लाही आइपुगेका हुन्।

नेपाल–भारत सीमा उनीहरूलाई ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले स्वागत गरेका थिए। उद्धार भएकामध्ये ईश्वरपुर नगरपालिकाका मात्र नौ जना श्रमिक रहेका छन्।

ती सबैलाई आज मेयर आचार्यको जिम्मा लगाएको सामाजिक अभियन्ता सरोज रायले बताए। तीन महिनाअघि दलालको फन्दामा परेर काश्मीर गएका ४१ जना नेपाली श्रमिकलाई काम गराउने ठेकेदारले बन्धक बनाएर जबरजस्ती काममा लगाएका थिए।

ठेकेदारले उनीहरूलाई यातना दिनुका साथै काम गरेबापत रकम समेत दिएका थिएनन्। तीमध्ये सात जना श्रमिक भागेर नेपाल आएपछि त्यो पोल खुलेको थियो। अभियन्ता रायले परराष्ट्र मन्त्रालयको समन्वयमा काश्मीर पुगेर उनीहरूलाई उद्धार गरेका थिए।

काश्मीरमा सबै कानुनी प्रक्रिया पुरा गरी दिल्ली हुँदै आज उनीहरू नेपाल आइपुगेका हुन्। अभियन्ता रायले भने, ‘सबै प्रक्रिया पूरा गरेर नेपालसम्म ल्याउन १५ दिन लागेको छ। अब बिस्तारै सबै श्रमिकलाई सम्बन्धित पालिकाका प्रमुखलाई हस्तान्तर गर्नेछौँ।’

दुई जना ठेकेदार भने काश्मीरको प्रहरीले पक्राउ गरी थुनामा राखेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *