रिङ रोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग पौडेलको माग

काठमाडौँ । सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर रिङ रोड तेस्रो खण्ड (बसुन्धरादेखि धोबिखोला)सम्मको विस्तार गर्ने परियोजनालाई नेपालकै लगानीमा बनाउने गरी आगामी बजेटमा समावेश गर्न माग गरेका छन् ।

सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले सोमबार अर्थमन्त्री पुनलाई भेटेर रिङ रोड तेस्रो खण्ड अण्डरपाससहित (बसुन्धरादेखि धोबिखोला) सम्म नेपालकै लगानीमा बनाउने गरी काम थाल्न माग गरेका हुन् ।

रिङ रोड बिस्तारको दोस्रो खण्ड (कलंकीदेखि बसुन्धारा) सम्मको काम नेपालले गरिरहेको र चिन पक्षबाट हालसम्म पनि कामको प्रक्रिया सुरु नभएकोले तेस्रो खण्डको निर्माण अनिश्चित बनेको पौडेलले बताए ।

धुलाम्मे साघुरो सडकका कारण सर्बसाधरणले सास्ती खेप्नुपर्ने भएकोले रिङ रोडको तेस्रो खण्ड निर्माणका लागि अनिश्चित कालसम्म पर्खन नसकिने उनको भनाइ थियो ।चिन पक्षबाट दोस्रो खण्डकै काम हालसम्म पनि सुरु नभएकोले नेपालकै लगानीमा तेस्रो खण्ड अण्डरपाससहित (बसुन्धरादेखि धोबिखोला)सम्मको विस्तारका लागि बजेट छुट्याउन माग गरेको नेता पौडेलले बताए ।

नेता पौडेलले अर्थमन्त्री पुनसँगको भेटमा रिङ रोड विस्तार लगायत काठमाडौँ उपत्यकाका एवं देशका आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू आगामी बजेटमा समेट्न ध्यानाकर्षण गराएका हुन् ।

पौडेलले काठमाडौँको यातायात व्यवस्था सहज बनाउन महत्त्वपूर्ण मानिएको विष्णुमती करिडोरलाई नमुना करिडोरको रुपमा विकाश गरी बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराउन माग गरेका छन् ।  

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *