सुन तस्करीको नयाँ तरिका : लुगामा सुनको लेपन लगाएर तस्करी गर्ने दुई जना पक्राउ

काठमाडौँ । आफुले लगाएको लुगामा सुनको लेपन अर्थात पेष्ट गरी सुन तस्करी गर्ने दुई जना भारतिय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फ्लाई दुबईको एफजेड ५७५ को उडान मार्फत गएराति काठमाडौँ आएका भारतिय नागरिकहरु ३३ वर्षीय सुरेश कुमार तथा ३४ वर्षीय मोहनकुमार गणेशन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईबाट काठमाडौँ आएका ती दुई जना भारतिय नागरिकलाई उनीहरुले लगाएको लुगाहरुमा सुन जस्तो देखिने पहेलो रङको धातु लेपन÷ पेष्ट गरिएको अवस्थामा गएराति पक्राउ गरिएको हो ।

पक्राउ परेका मध्ये सुरेश कुमारको लुगा सहितको उक्त सुन जस्तो देखिने पहेलो रङको धातुको तौल २ किलो ६०० ग्राम तथा मोहनकुमार गणेशनको लुगा सहित तौल गर्दा दुई किलो ५०० ग्राम हुन आएको विमानस्थल सुरक्षा प्रमुख शर्माले बताए । पछिल्लो समय सुन तस्करी गर्नेहरुले नयाँ तरिका अपनाएर सुन तस्करी गर्ने गरेको पाइएको छ ।

केही महिना पहिले पनि एक जना विदेशी महिलाले आफुले लगाएको भित्री बस्त्रमा सुनको लेपन लगाएर सुन तस्करी गर्दै गर्दा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *