विराटनगरबाट भोजपुर जाँदै गरेको बस बोलेरोसङ ठोक्किदा दुर्घटना भएको छ

पाख्रीबास : धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित देवीथानमा आज बस र बोलेरो आपसमा ठोक्किएर दुर्घटना भएको छ । विराटनगरबाट भोजपुर जाँदै गरेको को १ ख ४६१० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेका मे १ ज २६११ नम्बरको बोलेरो ठोक्किएका हुन् ।

दुर्घटनामा मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालाय पाख्रीवासले जनाएको छ । बोलेरोको आंशिक क्षति भएको भएको प्रहरीको भनाई छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *