दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेख : दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार दुल्लु नगरपालिका-६ लुजैमा बिजुलीको पोल बोकेको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिकाको खर्च्यागैरा बस्ने मान बहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *