जनकपुरधाम-२० मा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी

News Summary

Generated by OK AI. Editorially reviewed.

  • धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच दशैंपछि फेरि झडप भएको छ।
  • झडपका क्रममा तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी भएको र प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको छ।
  • स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ र गत भदौमा पनि झडप भएपछि सर्वपक्षीय बैठक बसेको थियो।

१७ असोज, जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेको छ।

दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ ।

आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए ।

त्यस क्रममा प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन् ।

अवस्था बिग्रेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । साँझ६:३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी गरिएको छ।

गत भदौ दोस्रो साता मात्रै गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो । एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवादपछि दुवै समुदायको झन्डा हटाइएको थियो ।

भदौ १६ गते मात्र सर्वपक्षीय बैठक बसेर विभिन्न निर्णयसँग‌ै सद्भाव कायम गर्ने सहमति भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *