म्यानचेस्टर घटना आतंकवादी आक्रमण : बेलायती प्रधानमन्त्री


१७ असोजकाठमाडौं । बेलायती  प्रधानमन्त्री कियर स्टार्मरले म्यानचेस्टरमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएका छन् ।

बेलायतको म्यानचेस्टरमा एक यहूदी प्रार्थनास्थल नजिक कारले ठक्कर दिई चक्कु प्रहार भएको घटनामा दुई जनाको मृत्यु भएको घटनालाई उनले घृणित काम पनि भनेका हुन् ।

उक्त घटना हुँदा डेनमार्कको राजधानी कोपेनहेगनमा आयोजित एक शिखर सम्मेलनमा सहभागी भइरहेका उनी सम्मेलन बीचमै छाडेर बेलायत फर्किएका छन् । स्टार्मरले बिहीबार साँझ भने, ‘यहूदीहरूलाई लक्षित गरी गरिएको यो एक घृणित आतङ्कवादी आक्रमण हो। उनीहरूलाई केवल यहूदी भएको कारणले निशाना बनाइयो।

उनले थपे, यहूदी–विरोधी भावना घृणाकै रूप होजुन फेरि बढ्दै गएको छ।

यो घटना योम किप्पुरको दिन भएको होजसलाई यहूदी पात्रोमा पवित्र दिन मानिन्छ।

स्टार्मरले बेलायतले फेरि एकपटक यहूदी–विरोधी भावनालाई पराजित गर्नुपर्ने समय आएको बताए ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा यहूदी समुदायसँग एक बाचा पनि गरेका छन् । उनले भने, ‘म देशका सबै यहूदीहरूसँग बाचा गर्छु कि तपाईंहरूले पाउनुपर्ने सुरक्षा दिनका लागि म सम्भव सबै प्रयास गर्नेछु।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *