२०८२ साल असोज ०९ गते बिहिबारको राशिफल

२०८२ साल असोज ०९ गते बिहिबारको राशिफल :

मेष- पशुधन र जमिनबाट सामान्य लाभ होला। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। व्यापार व्यवसायमा नाफा हुने योग छ। धार्मिक सामाजिक काममा संलग्‍न भई मनमा सन्तोष मिल्नेछ।

वृष- कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झगडा होला। साथीभाइ, कुटुम्ब र नातेदारको सल्लाह र सहयोगको खाँचो महशुस हुनेछ। केही कारणले धनको पनि नाश होला। वादविवादको सामना गर्नुपर्नेछ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्।

मिथुन- मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ भने जागिरमा होशियार रहनु होला। स्वास्थ्यका दृष्‍टिकोणले यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ तर पनि कसैसँग मनमुटाव हुन सक्छ। मानसम्मान पाए पनि मनमा डर रहनेछ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्।

कर्कट- काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। व्यापारबाट लाभ मिल्नेछ। कृषिको कामबाट पनि फाइदै होला। प्रेम प्रसंग सुखद रहने छ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। धन आर्जन गर्ने मौका पनि छ।

सिंह- सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। मिष्‍ठान्‍न भोजन मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ। आफन्तले प्रशंसा गर्नेछन्। जाँगरमा बढोत्तरी हुनेछ। फसेको पैसा आज उठ्न सक्छ, तपाईंले प्रयास भने गर्नैपर्ने देखिन्छ। साथीभाइले सरसहयोग गर्नेछन्।

कन्या- खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। व्यावसायिक क्षेत्र सफल रहने छ। तथापि, आम्दानीमा कमी आउने छ। रोग लाग्‍नाले केही आर्थिक क्षति हुन सक्छ। अध्ययन-अध्यापनमा मन लगाउन निकै कठिन पर्ला। खानपानमा नियन्त्रण गर्नु वेश हुनेछ।

तुला- घरमा पाहुनाले सताउन सक्छन्। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्। अन्‍नको पनि लाभ हुने दिन छ। पढाइमा भने खासै मन नजाला। निजी काम बन्‍ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

वृश्‍चिक- अचानक उपहार मिल्ने योग छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। धनको पनि लाभ होला। आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ।

धनु- कमाइ राम्रैसँग हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहन सक्छ। टाढाको यात्राको पनि योग छ। पढाइमा पाउने सफलता यथावत रहनेछ। बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति हुनेछन्। आम्दानी र खर्च बराबर होला। काममा मन दिन सकेमा सफल भइने दिन छ।

मकर- स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। पैसा फस्‍ने दिन छ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होश पुर्‍याउनु होला। कमाइ कम खर्च बढी हुनेछ। सानो कुराले आज बेलाबेलामा अशान्ति र छटपटी हुन सक्छ।

कुम्भ- आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। अन्य बन्‍न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला। टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला। सोचेको काम भने समयमै पूरा नहोला। काम बने पनि अशुभ समाचारले मन खिन्‍न पार्ला। सोचेको जति फाइदा नहुन सक्छ।

मीन- आर्थिक पक्ष आज सन्तोषजनक रहने छ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने दिन छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *