२०८२ साल असोज ०८ गते बुधबारको राशिफल

२०८२ साल असोज ०८ गते बुधबारको राशिफल :

मेष- मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ। नोकरीमा प्रशंसनीय कार्य गरिनेछ। आकस्मिक धन आर्जनको योग छ। साथीभाइले हरक्षण साथ दिनेछन्। मातापिताको आशीर्वाद पनि प्राप्त होला। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मान-सम्मान र प्रतिष्‍ठा बढ्नेछ।

वृष- सवारी साधन हाँक्दा सचेत रहनु होला। घरमा पाहुनाले सताउन सक्छन्। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। चिताएको काममा बाधा हुँदा मन खिन्‍न हुनेछ। कसैसँग झगडा पनि हुन सक्छ। कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउन सक्छ।

मिथुन- बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ। यात्राको समय छ, धार्मिकस्थल, देवालयको भ्रमण हुन सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्‍याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्‍नेहरूसँग सावधान रहनु होला।

कर्कट- नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्‍नेछ। स्वास्थ्यमा समस्या हुन सक्छ। नसोचेका समस्या देखिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्‍न गर्नु होला। दिन सामान्य रहने छ। सभा-सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा खर्च बढ्नेछ।

सिंह- सुखद समाचार सुन्‍न पाइनेछ। समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। नयाँ काममा हात हाल्ने समय छ।

कन्या- शरीरमा आलस्य जाग्‍नेछ। काम गर्न जाँगर लाग्‍ने छैन। प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ। स्वास्थ्य अनुकूल नरहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला। सवारी चलाउँदा सावधानी अपनाउनु होला। भीडमा धनमाल हराउन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनु होला।

तुला- विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ। अन्‍न प्राप्तिको पनि योग छ। केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्‍टि मिल्ने दिन छ। सन्तानबाट सन्तोष प्राप्त हुनेछ।

वृश्‍चिक- अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ। आर्थिक पक्ष सबल बन्‍नेछ। उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। नचिताएको काममा पैसा खर्च हुने योग छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला।

धनु– जग्गाजमिनको कारोबार गर्दा लाभ हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। आज पढाइलेखाइमा प्रगति हुनेछ। सोचेका काम सजिलै पूरा गर्न सकिनेछ। टाढाको यात्रासमेत हुन सक्छ। दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला।

मकर- लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। समस्यारू पनि हल हुनेछन्। गरेका कार्यहरू हतपत नबन्‍ने र बनिहाले पनि मिहिनेतअनुसार फल नपाइने योग छ। सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ।

कुम्भ- कुनै लाभदायक समाचार सुन्‍न पाइएला। साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ। खर्च धेरै बढ्ने छ। सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ। स्वास्थ्यमा ठूलै समस्या आउन सक्छ।

मीन- सवारी साधनबाट सुख मिल्नेछ। लामो समयदेखि रोकिएका काम बन्दै जानेछन्। धन प्राप्ति होला। मिहिनेतले पुरस्कार र विभिन्‍न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आतिथ्य सम्मान प्राप्त होला। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *