लालबन्दी : आगामी जेठ ३ गतेबाट महाकाली युवा कलबले २० वर्षमुनिका खेलाडीहरू सम्मिलित जिल्लास्तरीय फुटबल प्रतियोगित आयोजित गर्नि भएको छ ।
उक्त कलबद्वारा आयोजित प्रतियोगिता लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित रानीगन्जको खेल मैदानमा खेलाइने जनाएको छ। ३ गतेबाट हुने उक्त यु-२० फुटबल प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबले वैशाख २९ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने क्लबले जानकारी दिएको छ।
टिम दर्ताका लागि ३ हजार रुपैयाँ तोकिएको क्लबका खेलकुद संयोजक विभुसिंह थापाले बताए। प्रतियोगिताको विजेता टिमलाई ३१ हजार १ सय रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई २० हजार १ सय रुपैयाँ र शिल्ड मेडल प्रदान गरिने क्बलले जनाएको छ।


