लालबन्दी : जेनजी पुस्ताले गरेको पदर्शनमा सरकारी दमनका कारण हालम्म १६ जनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी तथा सेनाको गोली लागेर काठमाडौँमा सडकमा युवाहरू रक्ताम्य भएर ढलेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको हो । यो आँकडा दिउँसो साढे ३ बजेसम्मको हो ।
जसअनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा ३ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको छ ।
यद्यपि घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।


