जेनजीका तर्फबाट दुर्गा प्रसाईंलाई फोन- ‘तपाईं नआइदिए हुन्थ्यो’


२२ भदौ, काठमाडौं । जेनजी पुस्ताले गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईंले सहभागी हुने भन्दै स्टाटस लेखेपछि केही युवाले उनीसँग सम्पर्क गरेका छन् । आइतबार अपराह्न फोन गरेर उनीहरुले प्रदर्शनमा सहभागी नभइदिन आग्रह गरेका हुन् ।

स्रोतका अनुसार, आइतबार अपराह्न ५ बजे माइतीघर मण्डलामा केही जेनजी युवा स्वत:स्फूर्त भेला भएर प्रदर्शनबारे छलफल गरेका थिए । त्यसक्रममा प्रसाईंको विषय समेत उठेको थियो । त्यसपछि बैठकमा सहभागी एक युवाले प्रसाईंलाई फोन गरेर नआउन आग्रह गरेकी थिइन् ।

‘त्यसपछि उहाँले आफू नआउने प्रतिबद्धता जनाउनुभयो, खासमा हामीले प्रदर्शनमा आउने युवाको सुरक्षाका लागि पनि उहाँलाई नआउन भनेका हौं,’ उनले भनिन्, ‘पहिले उहाँ भएको आन्दोलन हिंसात्मक बनेको थियो, यसपालि अन्डरएजका विद्यार्थीहरू पनि सडकमा आउने भएकाले उहाँलाई नआइदिन आग्रह गरेका छौं ।’

जवाफमा प्रसाईंले आफू नआउने बताएको उनले जानकारी दिइन् । जेनजी पुस्ताले सोमबार माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछन् । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध समेत तत्काल फुकुवा गर्नुपर्ने उनीहरूको माग छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *