इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ


१० भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।

पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट १२ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट ६ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठामाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौं महानगरपालिका–९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौं महानगरपालिका–१० बाट सोमबार पक्राउ गरेको हो ।

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *