नेपाल अटोमोबाइल्स एसोसिएसनको पोलिसी डायलग २०२५ सम्पन्न

नेपाल अटोमोबाइल्स एसोसिएसनको पोलिसी डायलग २०२५ सम्पन्न

१९ साउन, काठमाडौं — नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी २०२५’ साउन १७ र १८ गते काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा रहेको जानकारी दिँदै सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखेर कार्यान्वयन अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

नासा नेपालले कार्यक्रमको अवसरमा मोटरिङ एकेडेमी र ईभिजन नेपाल सुरु गर्दै सडक सुरक्षा सुधार अभियानको घोषणा गरेको छ। कार्यक्रममा एसिया प्यासिफिक रोड सेफ्टी अब्जर्भेटोरीका चेयरपर्सन सुशीलबाबु ढकाल, एफआईएका भाइस प्रेसिडेन्ट ग्रेग क्राफ्ट, भारतीय तथा भियतनामी प्रतिनिधिहरू, संघीय र प्रदेश सांसदहरू, अटोमोबाइल विशेषज्ञ, नीति निर्माताहरुको सहभागिता थियो।

विभिन्न सेसनहरूमा सवारी सुरक्षादेखि युवा मोबिलिटी, अन्तर्राष्ट्रिय अनुभव, दिगो पर्यटन, क्रस बोर्डर कनेक्टिभिटी लगायत विषयमा गहन छलफल भयो।

कार्यक्रममा नेपाललाई अटोमोबाइल नीतिमा थप सक्षम, सुरक्षित र अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिनुपर्ने निष्कर्ष निकालिएको नासा नेपालले जनाएको छ। भविष्यमा हुने एसिया प्यासिफिक रोड सेफ्टी सम्मेलनमा पनि नेपालबाट यस डायलगका निष्कर्ष प्रस्तुत गरिने जानकारी दिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *