प्रचण्डले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रचण्डले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाको बैठक असार ३० गते (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा प्रचण्डले सम्बोधन गर्ने तय भएको हो ।

उनको सम्बोधनमा उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सबै सांसदहरूलाई निर्देशन दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई सन्देश पठाउँदै, ‘भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा. प्रचण्डज्यूले प्रतिनिधिसभामा बोल्दै हुनुहुन्छ,’भनी जानकारी गराएका छन् ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् । पार्टी नेतृत्वले सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *