नवलपुर–मलंगवा सडकखण्डमा बसले एक साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री गम्भीर घाइते

सर्लाही । कविलासी नगरपालिका–१० सलेमपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा बसले एक साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री गम्भीर घाइते भएको छन ।

ग २ ख १४४० नम्बरको बसले नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको साइकलयात्री लाई बिहान १० बजेतिर ठक्कर दिदा स्थानीयले उक्त बसमा आगजनी गरेका हुन्। ठक्करबाट साइकलयात्री सर्लाही कविलासी–१० का अन्दाजी ५५ वर्षीय जुगल किशोर महतोको दाहिने खुट्टा पुनः रुपमा किचे पछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन्।

महतोको उपचारको लागी प्रादेशिक अस्पताल‌ मलंगवा लगिएको थियो, थप उपचारका लागि महतोलाई काठमाडौं लैजाने तयारी भइरहेको छ। आगजनीबाट बस क्षतिग्रस्त भएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *