विराटनगर । मोरङको बेलबारीमा टिपर, बस र बोलेरो जिप एक-आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । घटनामा २ जना घाइते भएका छन् ।


बसलाई ठक्कर दिएको टिपरले अनियन्त्रित भएर फेरी बोलेरोलाई ठक्कर दिँदा बोलेरोमा सवार झापाका यदुकान्त भट्टराई, दीपा खनाल र कृष्ण गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोमा सवार अन्य २ जना घाइते भएका छन् ।


घाइते हुनेमा झापाका हरि खनाल र गायत्री भट्टराई छन् । दुवै जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटना लगतै टिप्पर चालक मोरङका चन्द्रबहादुर विक र बस चालक सुन्दरकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


