चोरीमा संलग्न रहेको अभियोगमा पाँच जना प्रहरीको हिरासतमा

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तिलगंगा बस्नेहरू भारत समस्तिपुर मोहदीनगर घर भएका २६ वर्षीय लक्का भन्ने विकास पोदार, भारत वेगुसराका २८ वर्षीय जितेन्द्र पोदार, भारत बैशालीका २७ वर्षीय भाइलाल पोदार, भारत समस्तीपुरका ४० वर्षीय संजय पोदार र सोही ठाउँकी ५० वर्षीय मञ्जु देवी पोदार रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं जडिबुटीबाट बुधबार पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा गोकणेश्वर नगरपालिका–४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट माघ २८ गते दिउँसो सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा ६५ लाख रूपैयाँ बराबरको धनमाल, बुढानिलकण्ठ नगरपालिका–१० बस्ने दिनेश घिमिरेको घरबाट माघ २४ गते सुन तथा नगद गरी २५ लाख रूपैयाँ बराबरको धनमाल र गोकणेश्वर नगरपालिका–३ बस्ने गिता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगद समेत गरी ४ लाख १० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनामा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *