कपिलवस्तु दुर्घटना : मृतक १० जनाकै सनाखत

सुनवल : कपिलबस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै गएराति बस दुर्घटना हुँदा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ।


जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी डीएसपी हरिबहादुर ओलीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको पौराही ३ का ४६ वर्षीय नारायण भण्डारी, सल्यानको सेमिखाल ३ का ४१ वर्षीय अर्जुनकुमार योगी, भारतको उत्तर प्रदेशका ५५ वर्षीय सकिल अहमद मुसलमान, कञ्चनपुरको महेन्द्रनगर १ का करिव २७ वर्षीय राहुल राम कामी, कञ्चनपुरकै भिमदत्त नगरपालिका ४ का करिब १७ वर्षीय किशोर उमेश भण्डारी, भिमदत्त ६ कै २७ वर्षीय सञ्जु थापा (महिला), भिमदत्तकै २१ वर्षीया खगेश्वरी खाती, भिमदत्त २ का २२ वर्षीय सुदीप भट्ट, कञ्चनपुरकै पुनर्वास नगरपालिका ९ बीचफाँटाकी विमला देवी भट्ट र सोही ठाउँका विसन दत्त भट्ट छन्।


महेन्द्रनगरबाट काठमाडौ तर्फ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुदूरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *