काठमाडौं । काठमाडौंको शोभा भगवतीमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका वडा नं १५ शोभा भगवतीमा दुई तले घरको कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर टेकुका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार तनहुँ भिमाद नगरपालिकाकीम ५१ वर्षीया सफिना मिँयाको शव फेला परेको हो ।
गत कार्तिकमा नै उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारतको मोतिहारीका ४३ वर्षीय इकलाल हक अन्सारीसँग लिभिङ टुगेदरमा बस्दै आएकोमा हत्या भएको बोहराले जानकारी दिए । ‘एक वर्षअघिदेखि लिभिङ टुगेदर सम्बन्धमा बस्दै आएकोमा हत्या भएको खुल्न आएको छ ।’ उनले भने । कोठा ढोका लगाएको अवस्थामा रहेको र वरपर गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी हत्या गरि भारततर्फ गएको अवस्थामा प्रहरीले नेपाल फर्किएको बेला कालिमाटीबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनी हत्यापछि भारत गइ नेपाल फर्किएर बिएन फेसन गार्मेन्टमा काम गर्न थालेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । आफ्ना घरका सदस्यहरुसँग राम्रो सम्बन्ध नभएपछि सफिना १ वर्षदेखि उनै अन्सारीसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । उनीहरु सँगै बस्दै आएकोमा करिब ३–४ महिना अघिदेखि ईकराम र सफिनाबीच व्यक्तिगत कुरामा विवाद हुने गरेको र मदिरा सेवन गरी उनले सफिनाको मोबाइल फोन समेत फुटाएका थिए । सामान्य विवादमा इकरामले सफिनालाई ढोकाको आग्लो प्रहार गरेका थिए ।
उनले सफिनाको हत्या गरी भारतमा लुकिछिपी बस्दै आएकोमा हत्याको घटनाबारे थाहा भएको नभएको भन्नेबारे साथीहरुसँग निरन्तर सूचना लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


