सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, अन्य ३ जना फरार
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका–२, सुकुमवासी टोलका ३८ वर्षीय बुद्धीमान घलान रहेका छन्। सोमबार बरहथवा नगरपालिका–१२ स्थित लौकट टोलमा केही अपरिचित व्यक्तिहरू हतियारसहित हिँडडुल गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई घेराउ…


