१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको युवा संगठनमा नेतृत्व विवादले गर्दा समानान्तर कमिटी बनेको छ। नवौं महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा सञ्जीव राईलाई जिम्मेवारी दिइएको छ।
यसअघि राई समूहले संस्थापन पक्षले गरेको निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको थियो। तर समयमै सच्याउन नसकेपछि नयाँ कमिटी घोषणा गरिएको हो।
युवा संघका इन्चार्ज लक्ष्मण केसीले २७ साउनमा जारी सर्कुलर नसच्चिएको भन्दै राई अध्यक्ष रहनेगरी समानान्तर महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।
घोषित संरचनामा रोसन थापा संयोजक र सञ्जीव राई सह–संयोजकको भूमिकामा रहेका छन्। यो कदमले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई थप चर्काएको छ।
लक्ष्मण केसी माधवकुमार नेपाल पक्षका मानिन्छन् भने सञ्जीव राई झलनाथ खनाल पक्षको प्रतिनिधित्व गर्छन्। यसरी दुई नेताको पक्षधरबीचको शक्ति संघर्षले युवा संघभित्र समानान्तर संरचना जन्माएको हो।