जसपाका पूर्वप्रदेश सांसद र संविधानसभा सदस्य जनमत पार्टीमा प्रवेश

जसपाका पूर्वप्रदेश सांसद र संविधानसभा सदस्य जनमत पार्टीमा प्रवेश

बारा : संविधानसभा सदस्य प्रमोद गुप्ता र पूर्वप्रदेशसभा सदस्य पारसप्रसाद साह जनता समाजवादी पार्टी परित्याग गरेर जनमत पार्टी प्रवेश गरेका छन् ।

सोमबार कलैयामा आयोजित कार्यक्रममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहेका उनीहरु सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन्

जनमत पार्टीका अध्यक्ष राउतले २०६४ मा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित संविधानसभा सदस्य गुप्ता र २०७४ मा निर्वाचन क्षेत्र नम्बर ३ ’ख’ बाट निर्वाचित मधेश प्रदेशसभाका पूर्वसदस्य साहलाई जनमत पार्टीमा प्रवेश गराएका हुन् ।

दुवै नेताले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार पार्टीबाट राजनीति सुरु गरेका थिए । उनीहरू पछिल्लो समय अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा थिए । दुवैले आफूसहित ५०० कार्यकर्ताले पार्टी परित्याग गरेको दाबी गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *