रामेछाप । रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–५ सुनारपानी हुँदै वडा नं ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् ।
स्थानीयका अनुसार मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेर गाडी मन्थली नगरपालिका–५ सुनारपानी स्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ भने ४ जना गम्भीर भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिपकुमार सिंहले डबल क्यापको बोलेरो गाडी दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएकोमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्युभएका र घाइतेहरुको परिचय भने खुल्न बाकी छ । अहिले घाइतेहरूको सदरमुकाम मन्थली स्थित विभिन्न अस्पतालहरूमा उपचारका लागि ल्याइएको छ ।