निर्माता पूर्णिमा जोशी र समर निरौलाको संयुक्त योगदान रहेको चलचित्र “ममी” को छायांकन सुरु

निर्माता पूर्णिमा जोशी र समर निरौलाको संयुक्तयोगदान रहेको चलचित्र "ममी" को छायांकन सुरु

सो ट्वान्टीफाईभ ब्यानरले निर्माण गरिरहेको हरर जनराको चलचित्र “ममी” को छायांकन आज असोज १ गतेदेखि सुरु भएको छ। राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर सम्पूर्ण उपकरणलाई पूजा गरेर छायांकनको शुरुवात गरेको हो।

चलचित्रको कथा लेखनमा पूर्णिमा जोशी र समर निरौलाको संयुक्त योगदान रहेको छ भने चलचित्रको निर्देशन समर निरौलाले गर्नेछन्। निर्माणको जिम्मा लोकराज जोशी र पूर्णिमा जोशीले लिएका छन्।

चलचित्रमा मुख्य भूमिकामा प्रियंका कार्की, सुलक्षण भारती, र दीया मास्के रहनेछन् भने अन्य सहायक भूमिकामा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, र रिना ढकाल लगायतका कलाकारको अभिनय रहेको छ। छायांकनको काम शरद महतोले गर्नेछन्।

निर्माता पूर्णिमा जोशीले चलचित्रको पहिलो चरणको छायांकन ३० दिनभित्रमा सक्ने योजना रहेको र दोस्रो चरणको छायांकन तिहारपछि सुरु गर्ने जानकारी दिएकी छन्।

निर्माता पूर्णिमा जोशी र समर निरौलाको संयुक्त योगदान रहेको चलचित्र "ममी" को छायांकन सुरु
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *