लालबन्दी: सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित फूलजोर खोला नजिकै पानीमा डुबेर एक १७ वर्षीय किशोर को मृत्यु भएको छ।
सागरनाथका निवासी निशान थापा मगर आफ्ना साथीसँग फुटबल खेल्न गएका थिए, जहाँ खेलपछि नुहाउनका लागि खोला नजिकै गएका उनी क्रसर उद्योगले खनेको गहिरो खाल्डोमा डुबेर मृत्यु भएका हुन्।
घटनास्थलमा खाल्डो निकै गहिरो भएकाले सशस्त्र प्रहरी बलको गोताखोर टोलीलाई नै बोलाउनु परेको थियो।
बर्दिबासस्थित सशस्त्र प्रहरीको बाहिनीबाट आएको गोताखोर टोलीले शवलाई बाहिर निकाल्न सफल भएको छ। सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज खनालका अनुसार किशोर डुबेको खाल्डो करिब ३० मिटर गहिरो रहेको छ।