बीपी राजमार्गमा बोलेरो दुर्घटना :२ जनाको मृत्यु

बीपी राजमार्गमा बोलेरो दुर्घटना :२ जनाको मृत्यु

 

बिहीबार बिहान बीपी राजमार्गमा बोलेरो दुर्घटना मा २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा सिन्धुलीकै गोलन्जोर गाउँपालिका-६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगर रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए।

सिन्धुलीकै तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो बिहीबार बिहान सवा ९ बजेतिर बीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका-४ मा सडकबाट खसको थियो।

‘घाइते ११ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको एसपी काफ्लेले जानकारी दिएका छन्। गम्भीर अवस्थाका बोलेरो चालक टीकाराम राईलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए।

बीपी राजमार्गमा बोलेरो दुर्घटना मा गम्भीर घाइते हिमाल परियार र पवन मस्रांगीलाई पनि धुलिखेल पठाउन तयारी भइरहेको बताए। बाँकी ९ जना घाइतेको अवस्था भने सामान्य रहेको एसपी काफ्लेले जानकारी दिए।

घाइतेमध्ये धेरैको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

बीपी राजमार्गमा बोलेरो दुर्घटना :२ जनाको मृत्यु
बीपी राजमार्गमा बोलेरो दुर्घटना :२ जनाको मृत्यु
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *