काठमाडौँ: सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ, लगातार उकालो लाग्दै आजसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५० हजार पुगेको छ। आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो। आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु तीन सयले वृद्धि भई, रु एक लाख ४९ हजार पाँच सय पुगेको छ। चाँदीको मूल्य भने स्थिर रहँदै, प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भइरहेको छ।