गंगालाल अस्पताललाई पाँचसय शैयामा विस्तार गरिन्छ : मन्त्री पौडेल « Lokpath

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् । मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् । केपी शार्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन…

Read More

७५ प्रतिशत मात्र राजस्व संकलन, लक्ष्यमा पुग्न सकेन पूर्ववर्ती सरकार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१मा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँबराबर राजस्व उठेको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२…

Read More

मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान

रामेछाप । मन्थली नगरपालिका–१ को सामुदायिक सिकाई केन्द्र सानीमदौले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सानीटारमा मंगलबार आयोजित कार्यक्रममा वडा नं १ का ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रममा २० जना ज्येष्ठ नागरिकलाई बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सम्मानित गरेका हुन् । सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तीर्थ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका…

Read More

पोर्चुगलका राष्ट्रपतिसँग नेपालीसहितका आप्रवासीको भेटवार्ता, आप्रवासन नीति सच्याउन माग

पोर्चुगल । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् । लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले विशेष गरी पोर्चुगल सरकारले हालै जारी गरेको आप्रवासन नीति सच्याउन माग गरेको थियो । टोलीमा सहभागी नेपाली प्रतिनिधि गैरआवासीय नेपाली सङ्घ…

Read More

किराती समुदायले सिसेक्पा तङ्नाम पर्व मनाउँदै « Lokpath

ताप्लेजुङ । किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ । पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलतिर…

Read More

मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र अंग प्रत्यारोपण सम्बन्धमा नीति निर्माताहरुसँग अन्तरक्रिया सम्पन्न

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सर्वोच्च अदालतका माननिय न्यायाधीश, कानून, न्याय तथा संसदिय मामिल मन्त्रालयका सचिव विशेष अदालतका अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीवल र नेपाली सेनाका अधिकृत प्रतिनिधि, नेपाल उधोगा वाणिज्य महासंघका अध्यक्ष लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थितीमा…

Read More

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन गरेका छन् । सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको थियो । प्रदेशबाट सिफारिस गरिएका नेताहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा समावेशी, भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रले मूल्याङ्कन गरी देशभरबाट दुई सय…

Read More

घुस लिएको आरोपममा दुई प्राविधिक अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपममा दुई जनालाईअख्तियारले नियन्त्रणमा लिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा अख्तियारको टोलिले मोहन सिंह धामी र अशोक…

Read More

ठमेल पर्यटन विकास परिषद् (टिटीडीसी) को अध्यक्षमा अधिकारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका हुन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरे । निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिइन्…

Read More

मुद्दा फर्स्यौटमा सर्वोच्चमा उल्लेख्य प्रगति « Lokpath

काठमाडौं । मुद्दा फर्स्यौटका सम्बन्धमा सर्वोच्च अदालतले उल्लेख्य प्रगति गरेको पाइएको छ । सोमबार सर्वोच्च अदालतले आफ्नो अवस्थाबारे जानकारी दिँदै मुद्दा फर्स्यौटमा प्रगति भएको जानकारी दिएको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार पछिल्लो ५ वर्षको तुलना गर्दा यस वर्ष उल्लेख्य प्रगति भएको र मुद्दा फर्स्यौटमा तीव्रता आएको छ । यस आर्थिक वर्षमा कुल…

Read More