काठमाडौं । निरन्तर वर्षाले पोखरा जोड्ने मुख्य राजमार्ग यात्रा जोखिमपूर्ण बनाएको छ। खाल्डाखुल्डी र हिलाम्मे सडकले यात्रु र सवारीचालकलाई सास्ती दिएको छ।पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडकको स्तरोन्नतिको काम समयमै नसकिँदा वर्षातमा हिलो र हिउँदमा धुलोबाट यात्रा गर्नुपर्ने बाध्यता छ।
बीचको झण्डै दुई हजार दुई सय मिटर सडक विस्तार र कालोपत्र गर्न बाँकी रहेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै मुख्य सहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ।
बीचको झण्डै दुई हजार दुई सय मिटर सडक विस्तार र कालोपत्र गर्न बाँकी रहेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।
सडक निर्माणमा स्थानीय वासी र यात्रुले कसरी सहयोग गर्ने
केही ठाउँमा नाला निर्माण र पर्खाल चिन्ने काम भए पनि सडकको भौतिक प्रगति न्यून छ।
आयोजना कार्यालयले कामलाई गति दिन निर्माण व्यवसायीलाई पटक–पटक ताकेका गर्दै आएको छ।
अमरसिंहचोक, बुद्धचोकलगायत क्षेत्रमा वर्षात्को भलले सडक क्षतविक्षत् बनाएको छ। पानी जमेका खाल्डाखुल्डीले सवारीसाधन चलाउन कठिनाइ भएको छ।
पोखरा–मुग्लिन सडकमा यात्रा गर्न थप कष्टकर बनेको छ।दुई वर्षअघि सुरु भएको सडक विस्तार कार्य सुस्त गतिमा भइरहेको छ।
पोखरा–बागलुङ राजमार्गअन्तर्गत हरिचोक–याम्दी सडक दुई वर्ष बित्दासमेत स्तरोन्नति हुनसकेको छैन। निर्माण कम्पनीको ढिलासुस्तीले समस्या बढेको छ।
पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधानले पटक–पटक दबाब दिँदा पनि सडक निर्माण समयमै नसकिएको बताए।स्थानीयवासी धूलो र हिलोले हैरान छन्।
तालचोक–बेगनास विश्व बैंकको सहुलियत ऋण सहयोगमा ३.२८ किमिको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी’ ले निर्माणको जिम्मा पाएको थियो।
तालचोक–बेगनाश विश्व बैंकको सहुलियत ऋण सहयोगमा ३.२८ किमिको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी’ ले निर्माणको जिम्मा पाएको थियो।
ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु भएको थियो।
फुट ट्र्याक, साइकल लेन र पार्किङसहितको नमुना सडक बन्ने उनको भनाइ छ।सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार बनाउने योजना छ।
सडकमा तीनवटा पुल पनि बनाइने छन्।अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनीयर गौतमले बताए।
महानगरको गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो।
निरन्तर वर्षाले पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा सुरक्षित बनाउन निम्न ५ उपाय अपनाउन सकिन्छ:
-
नियमित मर्मत र स्तरोन्नति
खाल्डाखुल्डी र हिलाम्मे सडकलाई नियमित मर्मत गरिनु पर्छ। स्तरोन्नति गर्दा ग्राभेल, डामर, वा कंक्रीट जस्ता टिकाउ सामग्री प्रयोग गर्नुपर्छ ताकि सडक लामो समयसम्म राम्रो अवस्थामा रहोस्।
-
प्रभावकारी जलनिकासी प्रणाली
सडकमा पानी जम्न नदिने प्रभावकारी जलनिकासी प्रणाली निर्माण गर्नुपर्छ। नाला, कल्भर्ट, र पर्खालहरू बनाएर वर्षात्को पानी छिटो निकास गरिनु पर्छ।
-
आपतकालीन सेवा र सञ्चार व्यवस्था
यात्राको क्रममा आकस्मिक समस्याहरू समाधान गर्न आपतकालीन सेवा र सञ्चार व्यवस्था सुदृढ बनाउनुपर्छ।सडक किनारमा एम्बुलेन्स, रेस्क्यु टिम र हेल्पलाइन नम्बरहरू उपलब्ध गराइनु पर्छ।
-
चेतनामूलक कार्यक्रम
यात्रु र सवारीचालकलाई सुरक्षित यात्रा गर्ने बारे चेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ।सावधानीपूर्वक सवारी चलाउने, गति सीमा पालना गर्ने, र खतरनाक क्षेत्रहरूको बारेमा जानकारी दिने कार्य गरिनुपर्छ।
-
निर्माण कार्यको समयसीमा पालन
सडक निर्माण र स्तरोन्नतिको काम समयमा नै सक्ने सुनिश्चितता गर्नुपर्छ। निर्माण कम्पनीलाई समयसीमा पालन गर्न कडाइका साथ निर्देशन दिनु पर्छ र ढिलासुस्ती गरेमा कडा कारबाही गरिनुपर्छ।
-रामबहादुर थापा/रासस


