कोशी प्रदेशको बजेट प्राथमिकतामा फेरबदल : यस्तो छ आर्थिक वर्ष को बजेट

कोशी प्रदेशको बजेट प्राथमिकतामा फेरबदल : यस्तो छ आर्थिक वर्ष को बजेट

काठमाडौं।कोशी प्रदेशले चालु आर्थिक वर्षको बजेटमा रहेका प्राथमिकता र कार्यक्रमलाई समेट्न नसकी नयाँ आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ।

कोशी प्रदेशको बजेट प्राथमिकतामा फेरबदल , चालु आर्थिक वर्षको बजेट वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि थियो ।

चालु आर्थिक वर्षमा ‘जसको जंगल उसको मंगल’ कार्यक्रम, जो वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि थियो ।

अब मानव–हात्ती सहअस्तित्व कार्यक्रमले प्रतिस्थापन गरेको छ। यसैगरी, केसलिया करिडोर निर्माणको योजना पनि नयाँ बजेटमा प्राथमिकतामा परेको छैन।

नयाँ आर्थिक वर्षको बजेटले पुराना प्राथमिकतालाई छोडेर नयाँ योजनाहरूलाई समेटेको छ। प्रादेशिक जलन अस्पतालको निर्माण, जुन इटहरीमा बन्ने भनिएको थियो।

यस वर्षको बजेटमा समावेश छैन। प्रदेश सरकारले कृषिभन्दा पूर्वाधार र पर्यटनमा बढी जोड दिएको छ। आगामी आर्थिक वर्षका लागि ‘स्वस्थ माटो, स्वच्छ बाली’ अभियानलाई प्राथमिकतामा राखेको छ भने कृषि अनुदानलाई कटौती गर्दै कृषि ऋणमा सहजीकरण र ब्याजमा अनुदान दिने नीति अपनाएको छ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले ल्याएको बजेटमा समावेश भएका धेरै योजनाहरूलाई निरन्तरता नदिइ, नयाँ बजेटले विभिन्न नयाँ घोषणाहरू गरेको छ।

केदार कार्कीको प्राथमिकता उनीसँगै बाहिरिएको देखिन्छ। नयाँ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५ लाखभन्दा साना थुप्रै योजनालाई बजेटमा समेटेका छन्।

जसका कारण भौतिक पूर्वाधार मन्त्रालय मातहत एक हजार पाँच सय हाराहारी योजना बजेटमा अटाएका छन्।

यसले बजेटलाई ‘कनिका छरेको जस्तो’ बनाएको छ भन्ने आलोचना भएको छ।

आगामी बजेटमा प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको प्रदेश मातहतको अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।

तर, सबै अस्पतालमा बालबालिकाका लागि विशेषज्ञ चिकित्सक नभएकोले यो योजना प्रभावकारी नहुन सक्छ।

अघिल्लो सरकारले सुरु गरेको शैलेजा आचार्य हृदयरोग उपचार केन्द्रलाई प्राथमिकतामा नराखिएकाले यो योजना पनि ओझेलमा पर्ने निश्चित छ। सत्तापक्षीय नेताहरूले बजेटले कुनै ठोस प्राथमिकता नदेखाएको भन्दै आलोचना गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *