कुवेतको माङ्गाफस्थित मजदुर बस्ने एक क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु

कुवेतको माङ्गाफस्थित मजदुर बस्ने एक क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु

काठमाडौं । कुवेतको माङ्गाफस्थित मजदुर बस्ने एक क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन् भन्नेबारेमा खुलेको छैन । तर उक्त क्याम्पमा नेपालीहरू समेत बस्ने गरेको जनाइएको छ ।

कुवेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरू बस्ने क्याम्पमा आगलागी हुँदा ४१ श्रमिकहरूको मृत्यु भइसकेको कुवेतको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ । आगलागीमा परेकाहरूको अवस्थाबारे यकिन विवरण आई नसकेको र नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

अहिले घटनास्थलमा नेपाली दूतावासको टोली क्याम्प र अस्पतालमा खटाइएको छ । आज बिहान साढे ४ बजे क्याम्पको तल्लो तलको एउटा कोठाबाट आगो सल्किएको थियो । कम्पनीमा करिब एक सय ६० जना श्रमिक बस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरू रहेका छन् । १५ घाइतेको जहरा, अलअदान, अल फरमानिया, अल अमिरी मुवारक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आन्तरिक मन्त्री शेख फहाद अल-युसुफ अल-सबाहले आगलागी भएको भवनका मालिक, सुरक्षा गार्ड र कम्पनी मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् । कुवेतको माङ्गाफस्थित मजदुर बस्ने एक क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *