रुपन्देहीका ठूला पाँच फलाम उद्योग नयाँ बजेट पछि पुनः सञ्चालनको तयारीमा

रुपन्देहीका ठूला पाँच फलाम उद्योग नयाँ बजेट पछि पुनः सञ्चालनको तयारीमा

रुपन्देहीका ठूला पाँच फलाम उद्योग पुनः सञ्चालनको तयारीमा छन्। सरकारको नयाँ बजेटले कच्चापदार्थ आयात र अन्तःशुल्कमा असमान कर व्यवस्था हटाएपछि उद्योगीहरू पुनः उत्साहित भएका छन्।

बजेटमा बिलेट आयातमा अन्तःशुल्क छुट र स्पन्ज आइरनमा २.५ प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ। यसले उद्योगहरूलाई प्रतिस्पर्धामा सहजता प्रदान गरेको छ।

यद्यपि, वातावरणीय समस्याका कारण कतिपय मुलुकमा इन्डक्सन फर्नेस मिल प्रविधिलाई प्रतिबन्ध लगाइएको छ। नेपालमा भने सरकारले आर्थिक स्वार्थका कारण यस्ता उद्योगहरूलाई कर छुट दिएर प्रोत्साहन गरेको आरोप लगाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *