सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै गर्दा अदालत परिसरको सुरक्षा व्यवस्था कडा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ भइरहेका बेला अदालत आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । उच्च अदालत पाटन परिसरमा लामिछानेको मुद्दामा सुनुवाइ गर्न सुरक्षा व्यवस्था कडा पारिएको हो ।

अदालत आसपास सन्दीप लामिछानेका समर्थकहरूको भीड बढेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो। सम्भवतः आज सन्दीपको मुद्दामा फैसला आउने बताइएको छ। फैसला आउने भएपछि क्रिकेटर लामिछाने पनि अदालत पुगेका छन्।

मंगलबार बहस नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा परेको थियो। पाटन उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपको मुद्दा सुनुवाइ भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *