मन्त्रिपरिषद‍्बाट आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित

काठमाडौं : मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिइन्। बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ।

सरकारले आजै नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। आज दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र  पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *