काठमाडौँ —संविधान, ऐन, कानुनमा व्यवस्था भएका अधिकार माग गर्दै अपांगता भएका व्यक्तिहरु सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले विभिन्न मागसहित आइतबार काठमाडौंको रत्नपार्कदेखि भद्रकाली मन्दिर परिसरसम्म र्याली निकालेका हुन् । उनीहरुले सोही माग राख्दै रत्नपार्कमा आमरण अनशनसमेत जारी राखेका छन् । ‘ऐन, नियमावलीमा भएका अधिकारहरु सुनिश्चित गर’ लगायत नारा लेखिएका प्लेकार्ड, ब्यानर प्रदर्शन गरिएको थियो ।






