सुनको मुल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा आज सुन प्रतितोला २३ सय रुपैयाँले बढेको हो।

आज छापावाला सुनको मूल्य प्रतितोला एक १ लाख ३७ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहिबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *