त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा आज हङकङसँग भिड्दै नेपाल

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेपाल हङकङसँग भिड्दै छ। 

पपुवा न्युगिनीसहितको त्रिकोणाात्मक सिरिजको पहिलो खेलमा  आज नेपाल र हङकङ भिड्ने भएका हुन्। 

शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल हङकङसँग ७३ रनले हारेको थियो। उक्त हारको बदला लिँदै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने सोचमा छ। 

यसपछि फागुन २९ गते नेपाल पवुवा न्युगिनीसँग खेल्नेछ। त्रिकोणात्मक सिरिजको फाइनल खेल फागुन ३० गते हुने छ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्शन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *