बारम्बार निद्रा बिग्रँदा, मस्तिष्कको क्षमतालाई असर पुग्न सक्छ

यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।

अखिल भारतीय आयुर्विज्ञान संस्थानका न्यूरोलोजी विभागका प्रमुख डा. कामेश्वर प्रसादले नेतृत्व गरेको यो अनुसन्धान ७,५०५ जना वयस्कहरूमा गरिएको थियो।

भारतका धेरै स्वास्थ्य संस्थाहरू बाहेक द नेदरल्याण्ड्सको इरामस मेडिकल सेन्टरको इपिडिमिओलोजी विभाग र अमेरिकाको हार्वर्ड टीएच चेन स्कुलका जनस्वास्थ्य तथा व्यवहार विज्ञान विभागका डाक्टरहरू समेत यो अध्ययनमा सामेल भएका थिए।

“यस्तो प्रकारको अध्ययन भारतमा पहिलो हो, जसमा जीनोमिक्स, न्यूरोइमेजिङ र निद्रासँग सम्बन्धित धेरै मापदण्डहरू अध्ययन गरिएको थियो। यसमा महिला र पुरुषको करिब बराबर सहभागिता थियो,” डा कामेश्वर प्रसादले बीबीसीसँग भने।

अनुसन्धानले के पत्ता लगायो?

विश्वका धेरै देशजस्तै भारतमा पनि वृद्ध वृद्धाको जनसङ्ख्या बढ्दो क्रममा छ।

डा कामेश्वर प्रसादका अनुसार “उमेर बढ्दै जाँदा देखिने प्रमुख रोगहरू डिमेन्सिया वा बिर्सने, हृदयाघात वा स्ट्रोक हुन्।” यो अनुसन्धान मुख्यतया ती समस्याहरूमा केन्द्रित थियो।

अनुसन्धानमा मानिसहरूलाई निद्राको कमी, अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए) लगायतसँग सम्बन्धित धेरै प्रश्नहरू सोधिएको थियो र उनीहरूको मस्तिष्कको काम गर्ने क्षमता जस्तै सम्झने, योजना बनाउने, डिजाइन गर्ने, अनुक्रम मिलाउने लगायतका गतिविधिका बीचमा रहने सम्बन्ध पत्ता लागेको थियो। “अनुसन्धानले राम्रोसँग निदाउन नसक्ने वा ओएसए भएका मानिसहरूको मस्तिष्कको क्षमता राम्रोसँग निदाउने मानिसहरूको तुलनामा कम भएको देखाएको छ,” डा कामेश्वर प्रसाद भन्छन्।

न्याशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित जानकारीका अनुसार ओएसएलाई एउटा स्वास्थ्य समस्याको रूपमा परिभाषित गरिएको छ। यो समस्या भएका मानिसहरूलाई सुतिरहेको समयमा बारम्बार श्वास रोकिने समस्या हुन्छ।

डा जेसी सुरीले यसबारे विस्तृतमा बताएका छन्।

उनका अनुसार दिनको समयमा मानिसले सहज रूपमा श्वास लिँदा र फेर्दा कुनै अवरोध हुँदैन तर राती सुत्दा हाम्रो मांसपेशी शिथिल हुन्छ अनि यसै कारण मानिसहरू उभिएर निदाउन सक्दैनन्।

फोर्टिस अस्पतालको पल्मोनरी, क्रिटिकल केयर र स्लीप मेडिसिन विभागका निर्देशक र प्रमुख रहेका डा जेसी सूरीले दिल्लीको सफदरजङ्ग अस्पतालमा ३४ वर्षदेखि काम गरिरहेका छन्।

“निदाएको समयमा हाम्रो जिब्रो घाँटीमा पछाडि जान्छ र यसले श्वास फेर्ने बाटो रोक्छ,” डा सुरी बताउँछन्।

“जब मानिसको श्वास रोकिन्छ, ऊ ब्युँझन्छ र उसको जिब्रो चल्न थाल्छ। जिब्रो मुखमा अगाडि आएर श्वास फेर्नको लागि बाटो खुलेपछि श्वास फेर्न सहज हुन्छ। जब व्यक्ति फेरि सुत्छ र जिब्रो पछाडि जान्छ फेरि श्वास फेर्न रोकिन्छ र निद्रा पटक पटक भङ्ग हुन्छ। यो क्रम रातभर चलिरहन्छ। यसलाई अब्सट्रक्टिव स्लीप एपनिया भनिन्छ,” उनले भने।

चिकित्सकहरूका अनुसार निद्राका पनि धेरै चरणहरू हुन्छन्। जसमा हल्का, गहिरो निद्रा, सपना वा सपना नदेखिने निद्रा हुन्छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *