उत्तरी गोरखामा भारी हिमपात , बुधबारदेखि सामान्य हिउँ परे नि गए राति भारी हिमपात

काठमाडौं  : उत्तरी गोरखामा भारी हिमपात भएको छ। बुधबारदेखि सामान्य हिउँ पर्न थालेको र गए रातिदेखि भारी हिमपात भएको चुमनुब्री गाउँपालिका १ का स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले जानकारी दिए।

उनका अनुसार बिहीबार बिहानसम्म करिब डेढ फिट हिउँ परेको छ। ‘अझै निरन्तर हिउँ परिरहेको छ। मान्छेहरु घरभित्रको भित्रै छन्’, उनले भने, ‘पानी जमिसकेको छ। टेलिफोनको नेटवर्क घरी जाने, घरी आउने गरिरहेको छ। विद्युत सेवा रातभरि पनि थियो। अहिलेसम्म त छ, तर पानी जमेपछि लघु जलविद्युत पनि पक्कै प्रभावित होला।’ उनका अनुसार यो हिमपात यो वर्षको अहिलेसम्मको ठूलो हिमपात हो। 

null

राम्ररी हिउँ परेपछि बारीका खेतीबाली र लेकका यार्सागुम्बा लगायतका जडिबुटी फस्टाउने भएकाले स्थानीयबासी खुशी रहेको उनको भनाइ छ। यतिबेला जाडो छल्न तथा फुर्सदको समयमा भ्रमण गर्न सहरतिर झरेका स्थानीय बासिन्दाहरु गाउँ फर्कन थालेका छन्। हिमपातले उनीहरु पनि प्रभावित भएका छन्।

उत्तरी गोरखाको ल्हो, स्याला, छेकम्पार लगायतका ठाउँहरुमा पनि हिमपात भइरहेको छ। हिमपातका कारण ती क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ।

null
facebook sharing button

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *