एमाले कैलाली अधिवेशनको तयारी सुरु, उद्घाटनमा अध्यक्ष ओली आउने

कैलाली । नेकपा एमाले कैलाली जिल्लाले पार्टीको जिल्ला अधिवेशनको तयारी सुरु गरेको छ ।  ९औँ जिल्ला अधिवेशन यही फागुन ६ र ७ गते कैलालीको घोडाघोडी नगरपालिकाको स्थित सुखडमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । 

मङ्गलवार नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश सिंह ठगुन्ना सहितको टोलीले कार्यक्रम आयोजना हुने स्थलको पनि निरीक्षण गरेको छ । 

स्थल निरीक्षणमा इन्चार्ज ठगुन्ना सहित कैलाली कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे उपसचिव ममता प्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही सहित जिल्ला कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो । 

May be an image of 16 people and tree

सुखडको हेलिप्याडमा भव्य समारोहको बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने तयारी भएको एमाले कैलाली सचिव डेजी पाण्डेले जानकारी दिए । 

‘हामीले पार्टीको भव्य उद्घाटन गर्ने तयारी गरेका छौँ ’उनले भने ‘एमाले अध्यक्ष केपी शर्मा ओली कैलाली अधिवेशन उद्घाटन गर्नुहुने छ । ’

May be an image of 4 people

आज अधिवेशन तयारीको लागि सचिवालय उद्घाटन गरिएको उनले जानकारी दिए ।

May be an image of 8 people and text
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *