आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा अफगानिस्तानले तेस्रो विकेट गुमाएको छ। ५.५ ओभरमा नेपालका आकाश चन्दले अफगानिस्तानका तेस्रो व्याटरालई पेभेलियन फिर्ता पठाएका हुन्।
दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि आकाशले दुई विकेट लिएका छन्। उनले दोस्रो ओभरको तेस्रो बलमा खालिद तानिवालको विकेट लिएका थिए।
त्यसअघि पहिलो ओभरको चौथो बलमा गुल्सन झाले नुमन साहलाई पेभेलियन फर्काएका थिए।


