विद्यार्थी आन्दोलन मर्यादित बनाउनु जरुरी छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदीप पौडेलले विद्यार्थी संगठनले गर्ने आन्दोलनको गतिविधि मर्यादित हुन जरुरी रहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा नेविसंघले आयोजना गरेको विश्वविद्यालयको रूपान्तरण कार्यक्रममा बोल्दै उनले विध्वंसात्मक गतिविधिले संगठनमाथि नै प्रहार हुने भन्दै आन्दोलनको गतिविधि मर्यादित हुन जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘नीतिगत पक्षमा विद्यार्थी आन्दोलन प्रष्ट हुन जरुरी छ । त्यसपछि विद्यार्थीहरूको गतिविधि मर्यादित हुन जरुरी छ । लोकतान्त्रिक हुन जरुरी छ । यसले गर्ने गतिविधि विध्वंसात्मक भयो भने यसमाथि पनि प्रहार हुन्छ । विद्यार्थी आन्दोलन भनेको सरकारविरुद्धको आन्दोलन हो । नेपाली कांग्रेस सरकारमा छ तर नेविसंघ सँधै विपक्षमा हुनुपर्छ ।’

उनले सबै पक्षले विश्वविद्यालयको आजको आवश्यकतालाई महसुस गर्न सकेमा विश्वविद्यालयको सुधार गर्न सक्ने धारणा राखे । उच्च शिक्षा व्यवस्थित र विश्वसनीयता नहुनु नै आजको निराशाको मुख्य कारण भएको भन्दै उच्च शिक्षामा भएको वेथितीलाई अन्त्य गर्न विद्यार्थी संगठनले दवावमुलक भुमिका खेल्न जरुरी रहेको बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *