काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारीमा भएको सम्पूर्ण घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले वर्तमान सरकार ‘निकम्मा, नालायक, असक्षम’ भएको टिप्पणी गरे ।
बालकुमारी घटना सरकारबाट गरिएको हत्या भएको उनले बताए । उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा उनले जोड दिए ।
- गृहमन्त्रीलाई सांसदले भने– तपाईं शालीन हुनुहुन्छ, राजीनामा
- गृहमन्त्रीले राजीनामा नदिएसम्म मृतकको आत्माले शान्ति पाउँदैन : सांसद भण्डारी
उनले विगतमा भएका घटनामा नैतिकताका आधारमा राजीनामा दिइएको उदाहरण प्रस्तुत गरे । वर्तमान सरकारपछिको एक वर्ष मुलुक बर्बाद भएको उनको भनाइ छ ।
“सिंहदरबारमा आगो लाग्यो, प्रमको हैसियतले नैतिक जिम्मेवारी लिएर कीर्तिनिधि विष्टले नैतिकता देखाएर राजीनामा दिए । रंगशालामा फुटबल हुँदा आँधी आयो, फु गरेर ल्याएको हैन, भागदौडमा मान्छे मरे । तत्काल केशरबहादुर विष्टले राजीनामा दिए,” सांसद श्रेष्ठले भने, “जानी नजानी धान रोप्न जाँदा भएको गल्तीमा मन्त्रीले राजीनामा दिएको छ ।”
राजीनामा दिए अर्को सरकार बनाउन मार्गप्रशस्त गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे । उनले प्रश्न गरे, “छातीमा गोली ताकीताकी हत्या गर्ने ?”
राज्यव्यवस्था समितिमा सांसद कृष्णगोपाल श्रेष्ठको भनाइ पढ्नोस्–
पञ्चायतमा पुलिस अनुभव ग¥यौँ, राजासहितको बहुदलीय व्यवस्थामा पुलिस अनुभव गरेको, आज राजाबिनाको गणतन्त्रमा छौँ ।
समग्रमा वर्तमान सरकार निकम्मा, नालायक, असक्षम र हत्यारा बन्यो । एक वर्ष मुलुक बर्बाद भयो ।
सिंहदरबारमा आगो लाग्यो, प्रमको हैसियतले नैतिक जिम्मेवार लिएर कीर्तिनिधि विष्टले नैतिकता देखाएर राजीनामा दिए । रंगशालामा फुटबल हुँदा आँधी आयो, फु गरेर ल्याएको हैन, भागदौडमा मान्छे मरे । तत्काल केशरबहादुर विष्टले राजीनामा दिए । जानी नजानी धान रोप्न जाँदा भएको गल्तीमा मन्त्रीले राजीनामा दिएको छ ।


